Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा

पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन्।

पत्रकार महासंघको निर्वाचन समयमा नै गर्न नसकेपछि पोखरेलले राजीनामा दिएका हुन्।

गत चैतमा नै नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लाको कार्यकाल सकिएको थियो।

पत्रकार महासंघ केन्द्रले असोज ५ गतेका लागि नयाँ निर्वाचनको मिति तोकिएको छ।

यस अगाडि जेठ २६ गतेका लागि निर्वाचन हुन नसकेपछि पुन: असार २२ गतेका लागि समय निर्धारण भएको थियो।

तर मतदाता नामावलीमा देखिएको विवाद समाधान नहुँदा निर्वाचन हुन सकेको थिएन।

आगामी असोज ५ गतेका लागि नयाँ निर्वाचन मिति तय भएपनि हालसम्म नयाँ मतदाता नामावली र कार्यतालिका सार्वजनिक भएको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077