अछाम । चौरपाटी गाउँपालिकाले कमसल खालको मदिरा बिक्रिवितरणमा लगाएको प्रतिबन्ध यथावत् राखेको छ । आइतबार मात्रै गाउँपालिकाले सर्वदलीय बैठक बोलाएर न्यून गुणस्तर भएका मदिरा खोल्ने/नखोल्नेबारे छलफल गरेको थियो ।
विभिन्न राजनीतिक दल, व्यापारी, समाजसेवी लगायत व्यक्तिहरुका धारणा सुनेको गाउँपालिकाले सोमबारको कार्यपालिका बैठकबाट र्को सूचना जारी नभएसम्म कमसल मदिरा बिक्रि तथा ओसारपसार गर्न निषेध गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय मदिरा नियन्त्रणमा कडाइ नभएको भन्दै पालिकाको आलोचना भइरहेको थियो । हाल पनि गाउँपालिकाभित्रका विभिन्न वडामा न्यून गुणस्तर भएका मदिरा खुलेआम बिक्रिवितरण भइरहेका छन् ।
[insert page='309665' display='yopanipadhnuhos.php']
सोही कारण पछिल्लो सयम गुणस्तरहीन मदिरा पनि बेच्न पाउनु पर्ने भन्दै केही व्यापारीहरुले दबाब दिएका थिए । तर गाउँपालिकाले सबैका कुरा सुनेर तत्काल कमसल मदिरा बिक्रि तथा ओसारपसार गर्न नपाउने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउदद्वारा जारी सूचनामा भनिएको छ, ,कमसल खालको मदिरा बिक्रि वितरण सम्बन्धि कुनै पनि निर्णय नगरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ, साथै मिति २०८१/०५/२४ गतेको गाउँ कार्यपालिकाको निर्णय अनुसार अर्को सूचना वा व्यवस्था नभय सम्मका लागि गाउँपालिका क्षेत्र भित्र कसैले कमसल खालको मदिरा बिक्रि वितरण तथा ओसारपसार गरिएको पाइएमा नियमानुसारको कारवाही भइ जाने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'
[insert page='309834' display='yopanipadhnuhos.php']
यदि कसैले यो नियम उल्लङ्घन गरेको पाइएमा कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ । अघिल्लो सरकारले गाउँपालिकाभित्र गुणस्तरहीन मदिरा बिक्रिवितरणमा रोक लगाएको थियो ।