काठमाडौं । कोरोना बिमाबापतको रकम नदिएको भन्दै नेपाल बीमक संघले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
सोमबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले रिटमाथि उक्त आदेश जारी गरेको हो । सर्वोच्चले यस मुद्दालाई अग्राधिकार दिएको छ ।
निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र बिमा प्राधिकरणलाई विपक्षी बनाएर आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो।
सरकारले रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी हुन नसकको भन्दै कम्पनीहरू सर्वोच्च गएका थिए ।