कैलाली । बिजय जोशीको शब्द रचनामा आधारित गीत 'तिमीसँग छुट्नु परे' सार्वजनिक गरिएको छ ।
यो गीत सोमबार साँझ देउराली क्रिएसनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतमा गायक बसन्त साधकले स्वर दिएका छन् । गीतका शब्द बिजयले लेखेका हुन् भने संगीत संयोजन साधकले गरेका छन् । गोबिन्द सोनीले मिक्सिङ र मास्टरिङको जिम्मेवारी सम्हालेका छन् ।
यस गीतको छायांकन र सम्पादन जगत साउँदले गरेका छन् । गीतको रेकर्डिङ कैलालीको अत्तरियामा रहेको साधना रेकर्डिङ स्टुडियोमा गरिएको थियो ।
https://youtu.be/dSfAp7i51Z4