Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

भ्रष्टाचार मुद्दामा पूर्वसचिव भीम उपाध्यायले पाए सफाइ

भ्रष्टाचार मुद्दामा पूर्वसचिव भीम उपाध्यायले पाए सफाइ

सोमवार , भाद्र २४, २०८१

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वसचिव भीम उपाध्यायले सफाइ पाएका छन् ।

विशेष अदालतले पूर्वसचिव उपाध्यायलाई सोमबार सफाइ दिने फैसला सुनाएको हो ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँबर, तेजनारायणसिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले सफाइ दिने फैसला सुनाएको हो । विशेषले केहीको हकमा भने दोषी ठहर गर्ने फैसला सुनाएको छ ।

फैसलामा भनिएको छ, ‘यी प्रतिवादीहरु उपर अतिरिक्त मोबिलाइजेसन पेश्की रकम वापतको हुन आउने व्याज असुल नगरेको भनी आरोप दावी रहेको पाइन्छ । निज प्रतिवादीहरुको जिम्मेवारी र हैसियत मेलम्ची खानेपानी समितिको पदाधिकारीको रुपमा रहेको सम्म देखिन्छ । लेखा उत्तरदायी अधिकारीको रुपमा रहेको पाइँदैन । ब्याज असुल गर्ने पर्ने भए पनि निजहरु असुल गर्ने समयमा उक्त समितिमा कार्यरत रहेको देखिँदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077