Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

वनमन्त्री शाही ब्राजिल प्रस्थान

वनमन्त्री शाही ब्राजिल प्रस्थान

मंगलवार , भाद्र २५, २०८१

काठमाडौंं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ब्राजिल प्रस्थान गरेका छन् ।

ब्राजिलको रियो दि जेनेरियोमा हुने ‘वन प्लानेट नेटवर्क फोरम’को सम्मेलनमा भाग लिन वन मन्त्री शाही नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

ब्राजिल सरकार तथा संयुक्त राष्ट्रसङ्घअन्तर्गत वातावरण संस्था ‘यूएनइपी’को संयुक्त आयोजनामा हुने सम्मेलन यही भदौ २७ र २८ गतेसम्म हुने मन्त्रालयले जनाएको छ ।

‘दिगो उत्पादन तथा प्रयोग र चलायमान अर्थतन्त्र अवधारणा’ विषयक ज्ञानलाई सम्बोधनगरी समझदारी तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यका साथ हुन लागेको सम्मेलनलाई मन्त्री ठकुरीले भदौ २८ गते सम्बोधन गर्ने तालिका छ । मन्त्री ठकुरी भदौ ३० गते स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077