Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

आइफोन–१६ सिरिज सार्वजनिक, कति पर्छ मूल्य ?

आइफोन–१६ सिरिज सार्वजनिक, कति पर्छ मूल्य ?

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । एप्पलले आईफोन-१६ सिरिज लन्च गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आयोजित कार्यक्रममा आईफोन-१६ सिरिज लन्च गरिएक हो ।

एप्पल वाच सिरिज–१०, एयरपड्स–४, एप्पल वाच अल्ट्रा–२, एयरपड्स म्याक्स लन्च गरेपछि कम्पनीले आइफोन–१६ सिरिज सार्वजनिक गरेको हो ।

यस शृङ्खलामा कुल चार मोडलहरू लन्च गरिएका छन्ः आईफोन-१६, आईफोन-१६ प्लस, आईफोन-१६ प्रो र आईफोन-१६ प्रोम्याक्स छन् ।

आईफोन–१६ मा २७ घण्टासम्म भिडियो प्लेब्याक गर्ने क्षमता रहेको कम्पनीको दाबी छ ।

आईफोन १६ प्रोको सुरुवाती मूल्य ९९९ डलर (करिब एक लाख ३३ हजार रुपैयाँ) रहेको छ भने आईफोन १६ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर (करिब एक लाख ६० हजार रुपैयाँ) कायम गरिएको छ । शुक्रबारबाट अग्रिम अर्डर दिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077