Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एक वर्षमा सुवास नेम्वाङलाई सम्झने कयौं क्षण आए : प्रधानमन्त्री ओली

एक वर्षमा सुवास नेम्वाङलाई सम्झने कयौं क्षण आए : प्रधानमन्त्री ओली

बुधवार , भाद्र २६, २०८१

काठमाडौँ । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।

उनको आज पहिलो स्मृति दिवस मनाइन लागिएको हो । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङ बिनाका एक वर्षमा उनलाई सम्झना गर्ने कयौं क्षण आएको बताएका छन्।

सामाजिक सञ्जालमा नेम्वाङको निधनले दिएको पीडा सम्झदै उनले यस्तो बताएका हुन्। ओलीले प्रथम स्मृति दिवसको अवसरमा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्झना गरेका हुन्।

ओलीले फेसबुकमा लेखेका छन्, ‘आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो। सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौं क्षणहरु आए। आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077