Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सहकारी ठगी प्रकरणमा धनराज गुरूङमाथि छानबिन हुन्छ : गगन थापा

सहकारी ठगी प्रकरणमा धनराज गुरूङमाथि छानबिन हुन्छ : गगन थापा

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा उपसभापति धनराज गुरुङमाथि छानबिन हुने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । कुनै पनि प्रकरणमा कानून उल्लंघन गरेको पाइएमा उन्मुक्ति पाउन नहुने उनले बताए।

शक्तिशाली, सत्तासिन, नाता पर्ने जो कोही भए पनि आरोप प्रमाणित भए दण्ड व्यहोर्नुपर्ने महामन्त्री थापाले बताए।

संसदमा नै उपसभापति गुरुङले सो बारेमा आफूमाथि छानबिन गर्न आग्रह गरेको भन्दै थापाले संसदीय समिति बनाएर छानबिन झनै सहज भएको बताए।

महामन्त्री थापाले भने,‘कुनै पनि प्रकरणमा, कसैले कानून मिच्दछ र दण्डनीय काम गर्दछ भने, दोषी छ भने उन्मुक्ति पाउनु हुँदैन । चाहे त्यो शक्तिशाली, सत्तासिन, नाता पर्ने होस्, चाहे जोसुकै होस्।’

उपसभापति गुरूङमाथि मितेरी बचत तथा ऋण सहकारीसम्बन्धी विषय जोडिएको छ। मंगलबार नै प्रतिनिधि सभामा बोलेका गुरूङले आफूमाथि कुनै आशंका भए संसदीय छानबिनका लागि पनि तयार रहेको बताएका थिए।

गुरुङ आफैले सदनमा जस्तोसुकै छानविनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाई नगर्न नहुने महामन्त्री थापाले बताए।

कुनै पनि प्रकरणमा कानुनको उलंङ्घन गरे दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाइन रहेको महामन्त्री थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077