Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

अपराह्न ५ बजे सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

प्रधानन्यायाधीश सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद बैठक बोलाइएको हो ।

संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ।

उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले परिषद बैठक बोलाएका हुन्।

प्रधानमन्त्री केही दिनमा अमेरिका भ्रमण जाने भएकाले बैठक बुधवारकै लागि बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077