Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

कांग्रेसले माग्यो उपसभामुख रानाको राजीनामा

कांग्रेसले माग्यो उपसभामुख रानाको राजीनामा

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको छ।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुख रानाको राजीनामा माग्ने् निर्णय गरेको हो ।

पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले उपसभामुखमाथि गम्भीर प्रश्न उठेकोले तत्काल राजीनामा दिनु उपयुक्त हुने निर्णय गरेको छ ।

बैठकले असम्वन्धित मानिसहरुको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको ठहर गरेको छ ।

पदाधिकारी बैठकमा उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077