Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

कांग्रेसलाई रास्वपा सांसद झाको प्रश्न - नेपालीलाई शरणार्थी बनाउँदा देशको शिर किन झुकेन ?

कांग्रेसलाई रास्वपा सांसद झाको प्रश्न - नेपालीलाई शरणार्थी बनाउँदा देशको शिर किन झुकेन ?

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झालेले यस्तो बताएका हुन् ।

सांसद झालेले उपसभामुख रानाले १९ महिना पहिला लेखेको पत्रलाई अहिले आएर राजनीतिक बार्गेनिङको विषय बनाइएको आरोप लगाए।

उनले ज्ञान नभएर उपसभामुखले लेखेको पत्रको विषयलाई अहिले राजनीतिक बार्गेनिङको विषय बनाइएको बताए ।

कांग्रेसले उपसभामुखका कारण देशको शिर निहुरिएको भनेको भन्दै उनले मान्छेलाई शरणार्थी बनाउँदा देशको शिर किन झुकेन भन्दै प्रश्न गरे ।

रास्वपाले उपसभामुखको राजीनामाबारे सत्तारूढ दलको आरोपको प्रतिवाद गर्ने संसदीय दलबाट निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077