Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

देशभरका १०३ गाउँपालिकाले पाए नयाँ हाकिम !

देशभरका १०३ गाउँपालिकाले पाए नयाँ हाकिम !

बुधवार , भाद्र २६, २०८१

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०३ गाउँपालिकामा नयाँ हाकिम पठाएको छ ।

हालै लोकसेवा आयोगबाट अधिकृत तह उत्तीर्ण गरी कर्मचारी प्रशिक्षण प्रतिष्ठानबाट तालिम लिएका उनीहरूलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठायएको हो ।

मन्त्रालयको प्रशासन महाशाखाले उनीहरूलाई काम गर्ने सरकारी निकाय रोजाएकोमा अधिकांशले स्थानीय तह रोजेका थिए । यो वर्ष लोकसेवाबाट १०७ जना पास भएकोमा ३ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पोस्टिङ भएका छन् ।

धेरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकोमा नयाँ अधिकृतहरू गाउँपालिकामा पोस्टिङ भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077