Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

माग पूरा गर्न‌ कोशी सरकार तयार भएपछि पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन

माग पूरा गर्न‌ कोशी सरकार तयार भएपछि पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन

बुधवार , भाद्र २६, २०८१

विराटनगर ।‌ कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन तोडेका छन् ।

उनले विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट जुस खाइ कार्कीले अनशन तोडेका हुन् ।

उनले उठाएका माग पूरा गर्न‌ कोशी सरकार तयार भएको छ । सरकारको सन्देश दिन आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारी वार्ता स्थलमा आएका थिए ।

पूर्वमुख्यमन्त्री कार्कीले सरकार आफ्ना माग पूरा गर्न सहमति भएकोले अनशन तोडेको बताए ।

जनप्रिय कार्यक्रमहरू कटौती भएको भन्दै कार्कीले मंगलबारबाट कोशी प्रदेशसभानजिकै देवकोटा चोकमा आमरण अनशन सुरु गरेका थिए ।‌

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077