Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

कोशीमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिँदै

कोशीमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिँदै

शुक्रवार , भाद्र २८, २०८१

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस भुपेन्द्र राई नेतृत्व सरकारमा सहभागी हुने भएको छ ।

शुक्रबार बिहान ९ बजे कांग्रेसका तीन मन्त्री तथा एक राज्यमन्त्रीले सथप लिँदैछन् । कांग्रेसका चार जनालाई समेटेर मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार विस्तार गर्न लागेका हुन् ।

कांग्रेसका कोशी प्रदेश महामन्त्री राई कृष्णप्रसाद सिटौला समूहका नेता हुन् । उनले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्नेछन्। यस्तै खगेनसिंह हाङ्गा उद्योग कृषि तथा सहाकारी तथा सदानन्द मण्डल पर्यटन, वन, वातावरणमन्त्री बन्ने कांग्रेस संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए।

यसैगरी भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नेछन्। शेखर कोइराला पक्षले दुई मन्त्री पाउनुपर्ने अडान लिएको छ । तर अहिलेसम्म नाम दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077