Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी , नयाँ मन्त्रीहरुले लिए शपथ

कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी , नयाँ मन्त्रीहरुले लिए शपथ

शुक्रवार , भाद्र २८, २०८१

विराटनगर । सत्ता गठबन्धन बनेको अढाई महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी सहभागी भएको छ ।

कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका हुन् । प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो ।

कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

यसैगरी खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077