Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वीर अस्पतालमा जलन उपचार केन्द्र सञ्चालनमा

वीर अस्पतालमा जलन उपचार केन्द्र सञ्चालनमा

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । वीर अस्पतालमा अत्याधुनिक जलन उपचार केन्द्र सञ्चालनमा आएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन उपचार केन्द्रको शुभारम्भ गरेका हुन् ।

जसमा १० जनरल बेड, ५ आईसीयू र तीनवटा अप्रेसन थिएटर छन् ।

२०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई उपचार गर्न अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो ।

सरकारले क्यान्सर, मिर्गौलालगायतका प्राणघातक रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।

अब जलनका बिरामीका लागि पनि त्यो व्यवस्था तत्काल गर्ने स्वास्थ्यमन्त्री पौडेलले बताए।

उनले उपचारको अभावमा जलनका बिरामीको मृत्यु हुने गरेकाले सरकारले त्यस्ता बिरामीको उपचारका लागि सो केन्द्र स्थापना गरेको उनको भनाइ छ।

स्वास्थ्यमन्त्री पौडेलले जलन रोगीको उपचारमा पनि आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077