Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीले दिए राजीनामा

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीले दिए राजीनामा

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् ।

अध्यक्ष लोहनीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई राजीनामा बुझाएका हुन् ।

स्वास्थ्यको कारण देखाउँदै उनले राजिनामा दिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डले अस्पतालको प्रिमियम वापतको तिर्ने पैसा नभएको भन्दै सरकारसँग यस आर्थिक वर्षको एकमुष्ट अनुदान माग गरेको थियो ।

सो विषयमा मन्त्री र मन्त्रालय सकारात्मक नभएपछि उनले राजीनामा दिएको मन्त्रालय स्रोतको दाबी छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व अतिरिक्त स्वास्थ्य सचिव समेत रहेका डा.लोहनीलाई १३ मंसिर २०८० मा बसेको मन्त्रिपरिषद् बैठकले बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077