Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

संवैधानिक परिषदको बैठक बालुवाटारमा

संवैधानिक परिषदको बैठक बालुवाटारमा

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौ । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषद्को बैठक सुरु भएको हो ।

बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने जनाइएको छ । बैठकमा संवैधानिक परिषदका सबै सदस्य सहभागी छन् ।

बैठकमा भावी प्रधानन्यायाधीश, निर्वाचन आयुक्त लगायत संवैधानिक पदहरुमा सिफारिस गर्ने एजेण्डा छ।

यसअघि बुधबार परिषद्को बैठक बोलाए पनि स्थगित भएको थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रमुख विपक्षी दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077