Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

महाभियोगबारे उपसभामुखले प्रधानमन्त्रीसँग मागिन् जवाफ, ओलीले भने - हल्ला बजारमै छाडिदिनुहोस्

महाभियोगबारे उपसभामुखले प्रधानमन्त्रीसँग मागिन् जवाफ, ओलीले भने - हल्ला बजारमै छाडिदिनुहोस्

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूलाई पदबाट हटाउन हस्ताक्षर अभियान चलाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ मागेकी छन् ।

शुक्रबार संवैधानिक परिषद्को बैठकमा उपसभामुख रानाले आफूमाथि महाभियोग लगाउने तयारी भएको भनेर मिडियामा आएको विषयबारे जिज्ञासा राखेकी थिइन् ।

तर प्रधानमन्त्री ओलीले बजारको हल्लामात्र भएको जवाफ फर्काएका हुन् । उपसभामुख रानाका अनुसार जवाफमा ‌ओलीले बजारको हल्लाको विषयमा चर्चा गरिरहन आवश्यक नरहेको भनेका छन् ।

'मैले आफ्नो कुरा राखेँ । प्रधानमन्त्रीले 'तपाईं संवैधानिक परिषद्को सदस्य हो । बजारको हल्लाको कुरा नगरौँ । बजारको हल्ला बजारमै छोड्दिनुस्,' भन्नुभयो,' बैठकपछि रानाले सञ्चारकर्मीसँग भनिन् ।

अमेरिकी दूतावासलाई लेखेको पत्रलाई लिएर सत्तारूढ दलका नेताहरूले उपसभामुखमाथि प्रश्न उठाउँदै आएका छन् । साथै बैठकमा उनले सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसले आफ्नाविरुद्ध हस्ताक्षर अभियान चलाएकोमा दुःख व्यक्त गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077