Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

२०८१ भित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रधानमन्त्री ओलीको घोषणा

२०८१ भित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रधानमन्त्री ओलीको घोषणा

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता व्यक्ति गरेका छन् । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सो प्रतिबद्धता व्यक्ति गरेका हुन् ।

उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताए । शुभकामना सन्देशमार्फत् प्रधानमन्त्री ओलीले भनेका छन्, 'कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रूपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन् । यस अवस्थाबाट मुक्त गर्न हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट गरेका छौं ।'

प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताए ।

'बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी भन्ने नाराका साथ आज हामी ६०औँ राष्ट्रिय बाल दिवस देशव्यापी रूपमा मनाइरहेका छौं, यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बालबालिका तथा बालबालिका अभिभावकहरूलाई हार्दिक बधाई तथा शुभकामना,' उनले भनेका छन्, 'हामी ६०औँ बाल दिवस मनाइरहँदा बालबालिकाले पाउनुपर्ने बालअधिकार, माया, ममता, स्नेह, स्वास्थ्य, शिक्षा, मनोरञ्जन पाउन सकिरहेका छैनन् ।'

उनले ठूलो सङ्ख्यामा बालबालिकाहरू कुपोषणको सिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077