Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एमालेको मिसन ८४ : यस्तो छ १८ बुँदे कार्ययोजना [सूचीसहित]

एमालेको मिसन ८४ : यस्तो छ १८ बुँदे कार्ययोजना [सूचीसहित]

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । नेकपा एमालेले २०८४ को निर्वाचनबाट एकल बहुमतको लक्ष्यसहित कार्ययोजना बनाएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी २०८४ मा बहुमत प्राप्त गर्ने योजनासहितको वार्षिक कार्ययोजना बनाएको हो ।

कार्ययोजनामा नयाँ पुस्तामा पार्टी कामको विस्तार तथा जनसम्बन्ध विकासमा जनसंगठन परिचालन गर्ने निर्णय गरिएको छ । महासचिव शंकर पोखरेलले बलियो राष्ट्रिय शक्ति बनाउने गरी वार्षिक कार्ययोजना बनाइएको जानकारी दिए ।

एमाले शुक्रबारको सचिवालय बैठकबाट मिसन ८४ सफल पार्न १८ बुँदे वार्षिक कार्ययोजना बनाएर अनुमोदन गरिसकेको हो ।

केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको कार्ययोजनालाई पास गरेर कार्यान्वयनमा पठाउने भएको छ।

यस्तो छ १८ बुँदे कार्य योजना

१. सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण।

२. नियमित अधिवेशन आयोजना र व्यवस्थापन ९कात्तिकभित्र बाँकी जिल्ला कमिटी र मंसिरभित्र सबै कमिटीको अधिवेशन आयोजना गरिसक्ने०।

३. अरू पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरूमा पराजित भएका नेता कार्यकर्तालाई तीन महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने।

४. कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्ने।

५. पार्टी कमिटी परिचालन र अन्तरविरोध व्यवस्थापनको प्रणाली बसाउने।

६. पार्टी स्कुल सञ्चालनलाई अभियानको रूपमा चलाउने। प्रत्येक वर्ष पार्टीका सबै सदस्य कुनै न कुनै स्कुलमा भाग लिनैपर्ने।

७. सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने। जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्दै जनतामा आफूले गरेका कामको जानकारी गराउने।

८. पार्टी कार्यालयहरूको प्रभावकारी व्यवस्थापन गर्ने। केन्द्रदेखि वडासम्मै कार्यालयहरू सञ्चालनको मोडालिटी बनाउने।

९. पार्टी प्रचारको परम्परागत ढाँचामा सोसल मिडिया अनिवार्य जोड्ने। हरेक कमिटीले प्रचार व्यवस्थित गर्ने सन्दर्भमा सोसल मिडिया नेटवर्किङ गर्ने।

१०. कामका नयाँ क्षेत्र पहिचान गर्ने र जिम्मेवारी नपाएकालाई ती नयाँ क्षेत्रमा परिचालन गर्ने।

११. हरेक कमिटीले वार्षिक बजेट तयार पार्ने। त्यसअनुसार स्रोत परिचालन तथा आम्दानी र खर्चको व्यवस्थापन गर्ने।

१२. पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरणलाई अभियानका रूपमा लैजाने।

१३. बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण तथा मिसन ८४ मा कसरी बहुमत प्राप्त गर्ने भन्ने योजनासहित सबै कमिटीले योजना बनाउने।

१४. प्रवासमा रहेका प्रवासीबीचको कामलाई देशहितको पक्षमा परिचालन गर्ने।

१५. पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने।

१६. नेकपा स्थापनाको ७५ वर्षको अवसरमा अघि सारिएका र सम्पन्न हुन बाँकी सबै काम सम्पन्न गर्ने।

१७. नियमित रिपोर्टिङ प्रणाली व्यवस्थित गर्ने।

१८. ४० वर्षमुनिका युवाको ‘युथ समिट’ आयोजना गर्ने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077