Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

काठमाडौंका यी स्थानमा आज पाँच घन्टासम्म विद्युत् अवरूद्ध हुने

काठमाडौंका यी स्थानमा आज पाँच घन्टासम्म विद्युत् अवरूद्ध हुने

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने भएको छ । भूमिगत तारसम्बन्धी कामका लागि फिडर सटनडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुन लागेको हो ।

विद्युत् प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा तीनदेखि पाँच घण्टा विद्युत् अवरुद्ध हुने जनाएको छ ।

असन फिडरअन्तर्गत रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडि, मसला गल्लीको मोडसम्मको क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रकै महाबौद्ध फिडर अन्तर्गत महाबौध्द सबस्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेसन भित्र, विशाल बजारअगाडि, गणेश ,स्थान ट्रमा हस्पिटलपछाडि केबुल हेडसम्मका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077