Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एमालेविरुद्ध भयानक घेराबन्दी भइरहेको छ : प्रधानमन्त्री ओली

एमालेविरुद्ध भयानक घेराबन्दी भइरहेको छ : प्रधानमन्त्री ओली

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेविरुद्ध भयानक घेराबन्दी भइरहेको दाबी गरेका छन्।

काठमाडौंमा आयोजित नेकपा एमालेको जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

परिवर्तनविरुद्ध रहेका शक्तिहरु एमालेको विरोधमा लागिरहेको उनको भनाई छ।

प्रधानमन्त्री ओलीले भने,‘नेपाललाई लोकतान्त्रिक देश, शान्ति र सुशासनको व्यवस्थित मार्ग समाप्त नदिने प्रयास भइरहेका छन्। नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा सफल हुन नदिन कतिपय जानेर/नजानेर/योजनाबद्ध ढंगले लागि परेका छन्, एउटा माहोल खडा गर्ने कोसिस भइरहेको छ।’

प्रधानमन्त्री ओलीले परिवर्तनको संवाहक एमाले भएकाले कसरी कमजोर पार्ने भनेर प्रतिक्रियावादी र परिवर्तन विरोधी शक्तिहरु लागि परेको दाबी गरे।

प्रधानमन्त्री ओलीले अहिले परिवर्तन विरोधीहरु खुलेआम संविधानको विरुद्धमा समेत लागेको उल्लेख गरे। ओलीले अहिले एमाले र एमाले नेतृत्वको सरकारलाई गलत देखाउन टाउको टेकेर हिँडिरहेको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077