Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

नयाँ दलहरुलाई लक्षित गर्दै ओलीले भने - यी सबै खानकै लागि जन्मिएका खन्चुवा हुन् !

नयाँ दलहरुलाई लक्षित गर्दै ओलीले भने - यी सबै खानकै लागि जन्मिएका खन्चुवा हुन् !

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलहरु खानकै लागि जन्मिएको बताएका छन् ।

एमालेको जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले अघिल्लो चुनावमा आफ्ना दलको भोट नयाँ पार्टीले खाएकोले २०८४ सालको चुनावमा सचेत रहन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले भने,‘हिजोका चुनावमा हाम्रो भोट कहाँ गयो त रु हुँदै नभएका पार्टीहरू जन्मिए, भाँडाको भात छैन खोइ भन्दा ती जन्मिएका खन्चुवाहरूले खाए होला नि । खान जन्मिएकाहरू छन् । अनि तिनका मुखमा गाँस चाहिँ कसरी पस्यो त रु त्यसकारण हामी होसियार हुनुपर्दछ, सक्रिय हुनुपर्दछ ।’

उनले अहिले आन्दोलनकारी प्रवृत्ति एकदम घटेको बताउँदै जनताको बहुदलीय जनवादको सरकार भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले बहुदलीय जनवाद कहिल्यै पुरानो नरहने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077