Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

उपसभामुख रानालाई हटाउने विषयबाट कांग्रेस-एमाले पछि हट्नुपर्छ : प्रचण्ड

उपसभामुख रानालाई हटाउने विषयबाट कांग्रेस-एमाले पछि हट्नुपर्छ : प्रचण्ड

शनिवार , भाद्र २९, २०८१

विराटनग । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपसभामुखलाई हटाउने विषयबाट कांग्रेस र एमाले पछि हट्ने बताएका छन्।

विराटनगर विमानस्थलमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा कांग्रेस र एमाले नै पछि हट्ने विश्वास व्यक्त गरे।

केही कुरा नजानेर त्रुटि गर्दा उपसभामुखलाई हटाउन नहुनेमा आफू दृढ रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

अध्यक्ष प्रचण्डले भने,‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्याति प्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटि गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट कांग्रेस एमाले नै पछि हट्छन् जस्तो लागेको छ ।’

संसद सचिवालयसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान भिसा अन्तर्वार्ताको मिति तोक्न आग्रह गर्दै उपसभामुख मगरले पोहोर फागुनमा अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन्।

अमेरिकी दूतावासलाई उनले लेखेको पत्रलाई लिएर सत्तारूढ दलहरूले उपसभामुखको पदीय गरिमा गिरेको भन्दै राजीनामा मागिरहेका छन् ।

अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीशका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै उनीहरू सबै योग्य भएको बताए । उनले अब सोमबार बस्ने संवैधानिक परिषद्‌को बैठकमा सहमति गर्ने सम्भावना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077