Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सरकारी कार्यालयमा फाइल सार्न अब घुस खुवाउनुपर्दैन : प्रधानमन्त्री ओली

सरकारी कार्यालयमा फाइल सार्न अब घुस खुवाउनुपर्दैन : प्रधानमन्त्री ओली

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सरकारी कार्यालयमा फटाफट फाइल सर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले नागरिकलाई प्रदान गर्ने सेवाको तरिकालाई परिवर्तन गरेको बताए ।

अब फाइलहरू कतै अड्किएर नबस्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले भने,‘सबै सरकारको तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनुपर्ने छैन। काम गरेबापत कुनै नजाराना केही चढाउनुपर्ने छैन। कतै भन्सुन गर्न जानुपर्ने छैन। त्यस प्रकारको परिपाटी हामी बिस्तार गर्दैछौँ ।’

प्रधानमन्त्री ओलीले एक ठाउँबाट सुरू भएको फाइल कुन प्रक्रियामा छ भन्ने कुरा प्रधानमन्त्री कार्यालयले नै थाहा पाउने बताए।

नागरिकलाई छिटो छरितो सरकारी सेवा दिन डिजिटल नेपालको फ्रेमवर्कलाई परिमार्जित गरिएको उनले बताए।

त्यसकारण आफूले पाउने सुविधाका लागि नागरिकले घुस खुवाउन नपर्ने प्रधानमन्त्री ओलीले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077