Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

बालेनलाई लक्षित गर्दै ओलीले भने - एउटा मनपरी बोल्ने केटो छ, त्यसलाई चलाउनु हुँदैन रे !

बालेनलाई लक्षित गर्दै ओलीले भने - एउटा मनपरी बोल्ने केटो छ, त्यसलाई चलाउनु हुँदैन रे !

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)माथि खनिएका छन् ।

काठमाडौंमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मनपरी बोल्ने केटो भन्दै मेयर बालेनमाथि खनिएका हुन्।

उनले एमाले अहिले प्रचारमा कमजोर भएको भन्दै असन्तुष्टि पोखेका छन्।

प्रधानमन्त्री ओलीले भने,‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ, त्यसलाई चाहिँ चलाउनु हुँदैन है, त्यसलाई चलाउनु हुँदैन रे त्योसँग जनमत छ रे । नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ । देखिसक्यौँ त हामीले बोक्नेले त बोकेकै छ त । बोकेको बिरालोले मार्ने हो कि होइन तर बिरालो काँधमा बोकेको छ यतातिरबाट गोली हानेर मृग मार्‍यो भने बिरालोले मृग मार्‍यो भन्दै चलाइदिन्छ । त्यसकारण हामीले भ्रमबाट मुक्त हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले एमाले जत्रो अरू पार्टी नभएको, एमालेको जति अरूसँग कार्यकर्ता पनि नभएको, सबैको हात हातमा मोबाइल भए पनि पार्टीको प्रचारका लागि प्रयोग नभएको गुनासो गरे ।

यो भएन त्यो भएन भन्ने, आफ्नै साथीभाइसँग लड्ने तर विरोधीसँग आँखा उठाएर हेर्न नसक्ने, बोल्न नसक्ने हुतीहारा अवस्था रहेको प्रधानमन्त्री ओलीले बताए ।

उनले लडाइँमा बलियोसँग हराउन टोकिदिएर पनि जित निकाल्न सकिने उदाहरण दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077