Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कांग्रेसीले पढ्दैनन्, कम्युनिस्टले छोडिसके : बाबुराम भट्टराई

कांग्रेसीले पढ्दैनन्, कम्युनिस्टले छोडिसके : बाबुराम भट्टराई

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । उनले अहिले पठन संस्कृतिको चलन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे।

भट्टराईले भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा काँग्रेस, कम्युनिस्ट सबै जेलमा हुँदा पनि पढ्ने गरेको स्मरण गरे ।

तर अहिले अध्ययन गर्ने संस्कृति हराइरहेको उनको भनाई थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो प्रकृतिको संरक्षण र मान्छेमा खुसीपना आउनुपर्ने आयामसहितको विकास आवश्यक रहेको बताए ।

उनले लोकतन्त्र उन्नत हुँदै जाने प्रक्रिया भएकाले यसको विकास गर्दै अघि बढ्नुपर्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077