Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

मैले भ्रष्टाचारविरुद्ध जीवनको अन्त्यसम्म लड्ने कसम खाएको छु : प्रचण्ड

मैले भ्रष्टाचारविरुद्ध जीवनको अन्त्यसम्म लड्ने कसम खाएको छु : प्रचण्ड

शनिवार , भाद्र २९, २०८१

मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी एकताबद्ध भएर अगाडि बढे कसैले रोक्न नसक्ने बताएका छन् ।

मोरङको ग्रामथानमामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले माओवादीको विद्रोहले ल्याएको व्यवस्थमा बसेर माओवादीलाई नै अपमानित गर्ने कार्य स्वीकार्य नहुने चेतावनी दिए।

अध्यक्ष प्रचण्डले भने, 'अहिले म जीवनको उत्तरार्धतिर छु। किन हो मलाई अलि बढी जोस आउन थालेको छ। मलाई जोस आएकै छ। भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा जीवनको अन्त्यसम्म लड्ने कसम खाएको छु। मलाई अरु केही गर्नु छैन।’

विचौलिया र दलालहरु मिलेर संख्याको बलमा सत्यको गला रेट्ने काम भइरहेको बताए। अध्यक्ष प्रचण्डले जनताले दलाल र भ्रष्टहरुका विरुद्ध लाग्नुपर्ने समय आउने बताए।

अध्यक्ष प्रचण्डले आगामी निर्वाचनपछि माओेवादी नयाँ ठाउँमा पुग्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077