Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

शरणार्थी प्रकरणको सुई बुढानीलकण्ठतिर सोझिएपछि सरकार ढल्यो : प्रचण्ड

शरणार्थी प्रकरणको सुई बुढानीलकण्ठतिर सोझिएपछि सरकार ढल्यो : प्रचण्ड

शनिवार , भाद्र २९, २०८१

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुशासनको सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढलेको बताएका छन् ।

मोरङमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भुटानी शरणार्थी प्रकरणको सुई बालकोट र बुढानीलकण्ठतिर सोझिएपछि सरकार ढलेको बताए ।

अध्यक्ष प्रचण्डले भने,‘भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरियो, सुशासनको सुई बालकोटतिर पनि सोझियो, बुढणनीलकण्ठतिर पनि सोेझियो । जब भ्रष्टाचार विरोधी अभियानको सुई उता सोझियो, एउटा आतंक नेताहरुमा पैदा भयो एउटा डर, एउटा भय । त्यसैकारण राम्रो काम गर्न खोज्दा खोज्दै कुनै पनि अभियोग नलाग्दा नलाग्दै पनि तथाकथित संख्याको बलमा बडो अप्राकृतिक रुपमा अस्वाभाविक रुपमा सरकार बदलिने परिस्थिति बन्यो ।’

उनले भुटानी शरणार्थी प्रकरणमा केही फरार अभियुक्त गिरफ्तार भएपछि सरकार ढलेको बताए ।

अध्यक्ष प्रचण्डले आफूले सत्तारुढ दललाई दुई तिहाइको अहंकार नदेखाउन आग्रह गर्ने क्रममा बंगलादेश र श्रीलंकाको उदाहरण दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077