Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

नयाँ दलहरूलाई सिटौलाको सुझाव – उत्ताउलो भएर नबोल्नोस्

नयाँ दलहरूलाई सिटौलाको सुझाव – उत्ताउलो भएर नबोल्नोस्

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उत्ताउलो भएर नबोल्न नयाँ दलहरूलाई सुझाव दिएका छन् ।

१११औँ बीपी जयन्तीको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सो सुझाव दिएका हुन् ।

उनले पुराना दलहरूको योगदानका कारण मुलुकमा परिवर्तन सम्भव भएको पनि बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी, जनमतजस्ता नयाँ दलहरूलाई जनताले विश्वास गर्नु सकारात्मक पाटो भएको उनले उल्लेख गरे ।

तर, साँच्चै जनताका निम्ति काम गर्ने हो भने विनाकारण अरूलाई दोषारोपण नगर्न उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077