Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रधानमन्त्री ओली भन्छन् - नियमसङ्गत चलाएमा सहकारी डुब्दैनन्

प्रधानमन्त्री ओली भन्छन् - नियमसङ्गत चलाएमा सहकारी डुब्दैनन्

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्म अनुसारका नियम सङ्गत चलाएमा सहकारीहरु नडुब्ने बताएका छन् ।

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको शनिबार सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सहकारीमा गैह्र सहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरूको प्रवेशले यस क्षेत्रमा विकृति आएको उनले जिकिर गरे ।

अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रुपमा संवैधानिक व्यवस्था गरिएकामा आफूहरुले अर्थतन्त्रको विकासमा सहकारीलाई महत्त्व दिएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077