Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

कांग्रेस र कम्युनिष्टले देशको विकास नगर्ने उपेन्द्र यादवको दाबी

कांग्रेस र कम्युनिष्टले देशको विकास नगर्ने उपेन्द्र यादवको दाबी

शनिवार , भाद्र २९, २०८१

भैरहवा । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टले देशको विकास नगर्ने बताएका छन् ।

जसपा नेपाल लुम्बिनी प्रदेशले शनिबार भैरहवामा गरेको ‘जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान’ अन्तर्गत अभिमुखीकरण कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले यस्तो बताएका हुन् ।

उनले कांग्रेस र कम्युनिष्टमा अन्तर नभएको बताए । उनले यी दुई पार्टीले जनतालाई अधिकार दिन नचाहेको आरोप लगाए ।

जसपा नेपालले मुलुकमा परिवर्तन ल्याउन सक्ने अध्यक्ष यादवको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077