Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

माओवादीको चेतावनीपछि सभामुखले प्रमुख सचेतकलाई छलफलमा बोलाए

माओवादीको चेतावनीपछि सभामुखले प्रमुख सचेतकलाई छलफलमा बोलाए

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका लागि बोलाएका छन् ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक चल्न नदिने चेतावनी दिएपछि उनले अहिले बिहान ११ बजे सिंहदरबारमा बैठक बोलाएका हुन् ।

कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपालाई छलफलमा बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेका थिए ।

माओवादी सांसदहरुले विरोध जनाएको र उक्त शब्द असंसदीय भएकाले संसद्को रेकर्डबाट हटाउन माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077