Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

माओवादी केन्द्र नै देशको पहिलो पार्टी हो : वर्षमान पुन

माओवादी केन्द्र नै देशको पहिलो पार्टी हो : वर्षमान पुन

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी नै देशको पहिलो पार्टी भएको दाबी गरेका छन्।

पोस्टबहादुर बोगटी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन्।

उनले एजेन्डा र विचारको हिसाबले माओवादी नै देशको पहिलो पार्टी भएको भन्दै अहिले जनतामा माओवादीको ग्राफ बढिरहेको दाबी गरे।

उपमहासचिव पुनले भने, 'एकथरि मान्छेले ८४को निर्वाचनलाई लिएर संख्या गनिरहेका छन्,हाम्रो साइज सानो हुन्छन् भनिरहेका छन् । माओवादीको ग्राफ बढिरहेको छ र कांग्रेस र एमालेजस्ता पूराना संसवादी विकृतिका डंगुर हुन् भनिरहेका छन् ।'

उपमहासचिव पुनले माओवादीले २०८४ को निर्वाचनमा जित निकाल्ने बताए । उनले कांग्रेस र एमाले बिस्तारै कमजोर बन्दै गएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077