चितवन ।त्रिशूली किनारमा खसेको ट्रकबाट आधा कार्टुन तेल गायब भएकको भेटिएको छ।
भैरहवाबाट काठमाडौं जाँदै गरेको ट्रक नारायणघाट-मुग्लिन सडकअन्तर्गत चितवनको २५ किलोस्थित नदी किनारमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
ना ६ ख ६२८३ नम्बरको ट्रकमा २२२५ वटा कार्टुन सनफ्लावर तेल बोकेको बिल भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
ट्रकबाट लोड गरिएको तेलको बिलमा चालकको नम्बर र पुर्याउनुपर्ने ठाउँसमेतको नम्बर भेटिएको छ। तेल भदौ २८ गते भैरहवामा लोड भएको थियो।
तर आइतबार दुर्घटनाग्रस्त अवस्थामा भेटिँदा ट्रक भित्र आधा तेल गायब भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।