Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

संसदको अवरोध जारी राख्ने माओवादी केन्द्रको निर्णय

संसदको अवरोध जारी राख्ने माओवादी केन्द्रको निर्णय

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको अवरोध जारी राख्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका सांसदहरूको बैठकले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको हो ।

आइतबार सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म संसदको अवरोध नखोल्ने माओवादीको अडान छ ।

सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पश्चात् माओवादीले अनौपचारिक छलफल गरेको थियो ।

छलफलले संसदीय दलको बैठकको निर्णय अनुरूप पार्टीले उठाएको विषय सम्बोधन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077