Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

विश्वशक्ति राष्ट्रहरू नेपाललाई रणनीतिक अड्डा बनाएर युद्ध गर्न खोज्दैछन् : प्रचण्ड

विश्वशक्ति राष्ट्रहरू नेपाललाई रणनीतिक अड्डा बनाएर युद्ध गर्न खोज्दैछन् : प्रचण्ड

आइतवार , भाद्र ३०, २०८१

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्व अहिले शीतयुद्धको अवस्थामा रहेको दाबी गरेका छन्।

झापाको बिर्तामोडको सिटी सेन्टरमा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले विश्वशक्ति राष्ट्रहरू नेपाललाई रणनीतिक अड्डा बनाएर युद्धको तयारी गर्ने प्रक्रियामा लागेको दाबी गरे।

अध्यक्ष प्रचण्डले भने, ‘विश्वमा नयाँ शीतयुद्ध चलिसकेको देखिन्छ । त्यो कुनै न कुनै बेला विस्फोट हुने अवस्था छ । तर, त्यो शीतयुद्धको केन्द्र नेपाल हुने हो कि भन्ने ठुलो सम्भावना छ । यो गम्भीरताको साथ मैले तपाईँलाई भनेको छु । भूराजनीतिक अवस्थितिको कारणले विश्व शक्तिहरुबाट नेपालमा टेकेर चीनमा घेरा हाल्ने वा नेपाललाई रणनीतिक अड्डा बनाएर नयाँ युद्धको तयारी गर्ने प्रक्रिया चलिरहेको छ ।’

नेपाल अहिले राष्ट्रिय स्वाधीनताको दृष्टिकोणले अप्ठ्यारो ठाउँमा आएको अध्यक्ष प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले नेपालमा त्यसखालको परिदृश्य आए नेपाल राष्ट्र बचाउने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, नेपाल र नेपालीलाई एकीकृत गर्ने विचार, शक्ति र नेता माओवादीमा मात्रै रहेको दाबी गरे ।

आउने दिन नेपालको राजनीति यही तरिकाले नचल्ने बताउँदै उनले एकाथरि सामन्तीतन्त्र, निरङ्कुशतन्त्र तिर लान खोजिरहेको, एकथरि ०४७ सालतिर लानेहरू पनि रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077