Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बालेनका प्रशासकीय अधिकृत आठ महिनामै फेरिए

बालेनका प्रशासकीय अधिकृत आठ महिनामै फेरिए

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आठ महिनामै फेरिएका छन् ।

महानगरपालिकामा कार्यरत सहसचिव प्रदीप परियारलाई सञ्चार मन्त्रालयमा सरुवा गरिएको छ ।

उनको स्थानमा उद्योग मन्त्रालयमा कार्यरत सरोज प्रसाद गुरागाईको सरुवा भएको छ ।

युवा सहसचिव परियारलाई मेयर बालेन शाहले रुचाएका थिए । यद्यपी छोटो अवधिमै उनको सरुवा भएको छ । परियार गत माघमा महानगरपालिकामा हाजिर भएका थिए ।

मन्त्रिपरिषद्को बैठकले ४० सहसचिवको सरुवा गर्दा महानगरपालिकाका प्रशासकीय अधिकृत पनि फेरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077