Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद् बैठक बस्दै

प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद् बैठक बस्दै

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल गर्न साँझ ५ बजे बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार गत भदौ २८ को बैठकले कुनै निर्णय नगरे पछि आज पुनः बैठक बस्न लागेको बताइएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी असोज १८ गतेदेखि ६५ वर्षे उमेरहदका अवकाशमा जाँदै छन् ।

न्यायपरिषद्को बैठकले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्लसहित ८ न्यायाधीशको संवैधानिक परिषद्‌मा पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077