Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निम्न माध्यामिक तह शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

निम्न माध्यामिक तह शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि दरखास्त आह्वान गरेको छ ।

सोमबार एक सूचना प्रकाशित गर्दै आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो ।

उम्मेदवारहरूले आयोगले तोकेको अनलाइन दरखास्त फाराम भर्नुपर्ने छ । दरखास्त फाराम भर्दा नागरिकताको प्रमाणपत्र, हालसालै खिचेको फोटो, दस्तखतको नमुना न्यूनतम योग्यताको लब्धाङ्क पत्र तथा तालिमको प्रमाणपत्र आवश्यक पर्नेछ ।

असोज २९ गते रातको १२ बजेभित्र नियमित दस्तुर र दोबर दस्तुरका लागि मंसिर ६ गते रातको १२ बजेभित्र आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्नुपर्ने सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077