Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि उनले आज १२ः४५ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्रीको सम्बोधनसहित आजको कार्यसूची लगायतका विषयमा छलफल हुने बताइएको छ । आइतबारको बैठक माओवादी केन्द्रका सांसदहरुको विरोध कारण बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो ।

प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि माओवादी सांसदहरुले त्यसमा विरोध जनाउँदै आएका छन् ।

यही विवादका कारण आइतबारको बैठक बस्न सकेको थिएन । आइतबार पनि सभामुख घिमिरेले दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077