Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

जनयुद्धलाई हिंसा भन्नु विस्तृत शान्ति सम्झौताविपरीत हो : शक्ति बस्नेत

जनयुद्धलाई हिंसा भन्नु विस्तृत शान्ति सम्झौताविपरीत हो : शक्ति बस्नेत

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले जनयुद्धलाई हिंसा भन्नु विस्तृत शान्ति सम्झौताको विपरीत भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन् ।

उनले जनयुद्धलाई हिंसा भन्दै विस्तृत शान्ति सम्झौता र संविधानविपरीत नेकपा एमालेका सांसद योगेश भट्टराईले अभिव्यक्ति दिएको बताए ।

सांसद बस्नेतले भने, ‘जनयुद्धलाई माओवादी हिंसाको रुपमा चित्रण गर्ने कोसिस भए, यो राजनीतिक मूल्य, नैतिकता र संवैधानिक निष्ठाको दृष्टिले अनुपयुक्त छ ।’

सांसद बस्नेतले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाए। जनयुद्धलाई विस्तृत शान्ति सम्झौता, संविधानले सशस्त्र संघर्ष भनेर चिन्ने सांसद बस्नेतले बताए ।

सांसद बस्नेतले सत्तारुढ दलका सांसदहरूबाट नै १० वर्षे माओवादी नेतृत्वको जनयुद्धलाई अमपानित हुनेगरी विचारहरू व्यक्त हुनु दु:खद भएको बताए।

जनयुद्धलाई संविधानले सशस्त्र द्वन्द्वको रुपमा परिभाषीत गरेको भन्दै उनले उक्त तथ्यलाई सत्तापक्ष दलका सांसदहरूले उपेक्षा गर्दै जनयुद्धलाई हिंसाको रुपमा व्याख्या गर्ने काम उपयुक्त नभएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077