Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सहकारी ठगीसम्बन्धी संसदीय समितिको प्रतिवेदनमा सबैले गरे हस्ताक्षर

सहकारी ठगीसम्बन्धी संसदीय समितिको प्रतिवेदनमा सबैले गरे हस्ताक्षर

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदनमा हस्ताक्षर भएको छ ।

तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै आज हस्ताक्षर भएको हो।

समितिका सातैजना सदस्यले हस्ताक्षर गरेका छन्। हिजो नै लगभग प्रतिवेदन तयार भएको भनिएको थियो र आज फस्ट आवरमै हस्ताक्षर गर्ने तयारी थियो ।

समितिका सदस्यहरू १० बजे नै सिंहदरबारस्थिति समितिको सचिवालयमा आएका थिए । तर, अन्तिम दिने क्रममा मतभेद भएको थियो ।

आज बसेको बैठकबाट हस्ताक्षर भएसँगै आजै प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस हुनेछ ।

समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर) मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो ।

समितिमा नेपाली कांग्रेसबाट दिलेन्द्रप्रसाद बडू (बद्री पाण्डे रहेकामा उनी मन्त्री बनेपछि बडूलाई बनाइएको), ईश्वरी न्यौपाने, नेकपा (एमाले)बाट सावित्रा भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल (राजन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिशिर खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077