Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

माओवादी सांसद बस्नेतको प्रश्न - जनयुद्धलाई हिंसा भन्ने हो भने झापा विद्रोहलाई के भन्ने ?

माओवादी सांसद बस्नेतको प्रश्न - जनयुद्धलाई हिंसा भन्ने हो भने झापा विद्रोहलाई के भन्ने ?

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले १० वर्षे जनयुद्धलाई माओवादी हिंसाको रुपमा चित्रण गर्ने कोशिस भइरहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन्। सांसद बस्नेतले सत्तारूढ दलका सांसदले माओवादीको १० वर्षे जनयुद्धको अपमान र अवमूल्यन गरेको बताए ।

उनले माओवादीको जनयुद्धलाई हिंसा भन्दा त्यसअघि विभिन्न कालखण्डमा भएका संघर्षहरूलाई के भन्ने भनी प्रश्नसमेत गरे।

सांसद बस्नेतले भने,'क्रान्तिलाई हिंसाको रूपमा ब्याख्या गर्ने हो भने झापा आन्दोलनलाई उग्र बामपन्थी भड्काव मात्र भन्ने कि हिंसात्मक गतिविधिरु २००७ साललाई के भन्ने ?'

सांसद बस्नेतले माओवादीको जनयुद्ध समस्या नभई समाधान भएको पनि बताए।

उनले हरेक क्रान्तिभित्र केही सिमा हुने तर त्यसको मूल्यांकन आंशिक रूपमा प्रकट हुने सीमाको आधारमा नभई आन्दोलनको मूल प्रवृत्तीमा गर्नु राजनीतिक मूल्य र संस्कार हुने बताए।

त्यसकारण संसदमा सत्तारूढ दलकै सांसदले 'जनयुद्ध'लाई अपमान गर्नेगरी प्रयोग गरेको हिंसा शब्द रेकर्डबाट नहटाइएसम्म माओवादीको विरोध जारी रहने सांसद बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077