Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

मेटमणिलाई देशद्रोहको मुद्दा लगाउन एमाले सांसद ढकालको माग

मेटमणिलाई देशद्रोहको मुद्दा लगाउन एमाले सांसद ढकालको माग

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य ढकालले एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले यस्तो बताएका हुन्।

उनले लिम्पियाधुरा, कालापानी, लिपुलेकमा भारतको दाबी पुग्ने अभिव्यक्ति दिने चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरे।

सांसद ढकालले भने,‘संसदबाट सर्वसहमत पास भएको, संविधान संशोधन गरेर अनुसूचीमा उल्लेख भएको विषयवस्तुलाई नेपालको भूभाग होइन भनेर गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्तिलाई देशद्रोहको मुद्दा लगाउन आग्रह गर्छु।’

उनले चौधरीको अभिव्यक्ति संविधानविरित तथा राष्ट्रघात भएकाले मुद्दा चलाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077