Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - हामी असल छिमेकीको सम्बन्ध राख्न चाहन्छौं, छुद्र र जाली होइन

प्रधानमन्त्री ओलीले भने - हामी असल छिमेकीको सम्बन्ध राख्न चाहन्छौं, छुद्र र जाली होइन

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले कुनै पनि हस्तक्षेप स्वीकार नगर्ने बताएका छन् ।

राष्ट्र संघीय महासभामा भाग लिन जानुअघि प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले नेपालले असल छिमेकीको सम्बन्ध राख्न चाहेको र अरूबाट पनि त्यही खोजेको बताए।

प्रधानमन्त्री ओलीले भने,‘असल छिमेकीका रूपमा छिमेक सबन्ध राख्न चाहन्छौं । छुद्र र जाली होइन , छिमेकीको अहित होइन हित चिताउने हिसाबले अघि बढ्न चाहन्छौं । त्यस्तै व्यवहार छिमेकबाट पनि चाहन्छौं ।’

नेपालको कसैसँग शत्रुता नभएको भन्दै उनले मित्रभावले सधैं अगाडि बढ्ने बताए । नेपाली लोकतन्त्रको प्रतिवद्धता पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने ओलीले बताए ।

राष्ट्रका समस्या, चुनौती, अभिभारामा केन्द्रित भएर छलफल गरिने प्रधानमन्त्री ओलीले बताए । ​​फ्युचर समिटमा मानव जाति र धर्तीको सुरक्षा गर्ने भन्नेमा छलफल हुने प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077