Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सहकारी विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुख घिमिरेको निर्देशन

सहकारी विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुख घिमिरेको निर्देशन

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरूपयोग छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन्।

सभामुख घिमिरेले उक्त प्रतिवेदन आवश्यक कामका लागि सरकारलाई पठाउन संसद सविचालयलाई निर्देशन दिएका हुन्।

समितिका सभापति सूर्य थापाले सोमबार प्रतिवेदन प्रतिनिधि सभामा पेस गरेका थिए। लगत्तै सभामुख घिमिरेले कार्यार्थ सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिएका थिए।

सोमबार नै समितिले सर्वसम्मत पारित गरेको प्रतिवेदन सभापति थापाले बैठकमा पेश गरेका थिए । समितिले जेठ २३ गतेबाट काम थालेको थियो ।

समितिले ६६ वटा बैठक सञ्चालन गरेको थियो । बैठकले जिबी राईसहित २९ जनालाई समितिमा बोलाउन सहजीकरण गरिदिन भनिएपनि तर उपलब्धहरू मात्र बैठकमा ल्याएको थियो ।

फरार सूचीमा रहेका २ जनाहरूको भनाईलाई पनि समेटेको उनले बताए। समितिमा नेपाली कांग्रेसबाट दिलेन्द्र बडू (बद्री पाण्डे रहेकामा उनी मन्त्री बनेपछि बडूलाई बनाइएको), ईश्वरी न्यौपाने, नेकपा (एमाले)बाट सावित्रा भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल (राजन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077