Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सहकारी ठगीमा मेरो संलग्नता छैन भन्ने पुष्टि भयो : रवि लामिछाने

सहकारी ठगीमा मेरो संलग्नता छैन भन्ने पुष्टि भयो : रवि लामिछाने

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको बताएका छन्।

सहकारी बचत दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

समितिले संसद्‌मा प्रतिवेदन प्रस्तुत गरेपछि सभापति लामिछानेले सहकारी ठगीमा आफ्नोमा संलग्नता नरहेको दाबी गरे ।

सभापति लामिछानेले भने,'सहकारी ठगीमा मेरो संलग्नता नभएको स्पष्ट र पुष्टि भएको छ । गोरखा मिडियामा सञ्चालन हुँदा कमीकमजोरी भएको भए जवाफदेही हुनुपर्छ । दुरुपयोग भएको विषयमा भाग्ने मानिस हामी होइनौं । मूल कुरा सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भएको छ ।’

सभापति लामिछानेले स्वेट शेयरमा जतिलता रहेको पनि स्वीकारेका छन् ।

उनले सहकारी समस्या समाधानमा जानुपर्ने र व्यक्ति केन्द्रित गरेर राजनीतिक रोटी सेक्ने काम नगरौं भनेको पनि बताए।

उनले प्रचलित कानूनविपरीत कुनै कमजोरी भएको भए सजायको भागीदार हुनुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077